“”अपरिभाषित प्रेम”””
क्षितिजबाटै बिबस्थाको अदृश्य
यादले झक्झक्याउदा पनि,
मुटु भित्र प्रेमको स्निब्ध
स्पर्शले चुम्बन गरे जस्तो,
उजाडिएको मरुभूमिजस्तो खोक्रो
यो दिलमा ,
प्रेम सुन्दरीले यादको तिखो
छुरी रोप्दा
यौबनमा भुत्भुतिएर
निस्सासिएको नवजोडी जस्तो,
के यो माया हो???
सधै बादलले आकास छोपेजस्तो
बर्षा गराउलाकि भन्ने मडारिएर
चट्यांगरिएको गगन जस्तो,
अनि ट्रान्सफरमर पड्किएर
ऊतेजित करेन्टको बहावले रन्थनिए जस्तो,
पुस माघको जाडोमा बर्सासंगै
वोत नपाएको भुसुवा कुकुरजस्तो
के यो माया हो ??
घरि ओठमा लुकाउ जस्तो ,
घरि सपनामा सजाउजस्तो,
घरि उन्मादमा योवनले
लठेप्रिएको प्यासी प्याला जस्तो,
के यो माया हो ??
तिमीले केलाई माया भन्छौँ ?
पृथिवीको उत्पत्तिदेखि यो
प्रविधिको युगसम्म पूर्ण अपरिभाषितप्रेमको अर्थ के तिमि दिन
सक्छौ??
यही हो माया यही हो
प्रेम............... प्रबिण भण्डारी थापाठाना-९ खनार
हाल काठमाडौं
No comments:
Post a Comment