Tuesday, August 21, 2012

अन्जली

त्यो हिस्सी परेको अनुहारको
के बयान गरुअन्जली
हिमाल जस्तो चम्किलो त्यो मुहार
एकैचोटी देख्दा नि मुटुको
बेग समालिएको जस्तो आभास हुन्छ,...
अन्जलीके तिमीलाई पनि
मेरो मुटुको बेग थमाउने आट कि ?


झन तिम्रा ति मिर्गनयनी गाजलु
आखाँको के मा बयान गर्न सक्थे
एकपल पनि तिम्ले हेर्दा तिम्रो
आखाको प्रेमको बाणले हिर्काउदा लाजले
तिमीलाई हेर्न नसक्ने हुन्छु ....
अन्जलीके तिमीलाई पनि
मेरा नयनले हिर्काउन सक्लान् ?

तिम्रो त्यो बारुलि कम्मर भाच्दै हिड्ने
हिडाईमा पनि क्या जादु नै के
तिमीले टेकेका  पाइलाका डामहरु
मलाई प्यारो लाग्ने
अन्जलीके तिमीलाई नि प्यारो लाग्लान्
मेरो पाईला का डामहरु.......


यति हुदाँ पनि तिम्रो त्यो कोकिल आवाजको
तरङ्ग संग रमाउने इच्छा पुरा गर्न सकिनखै
तिम्ले विश्वास गरिनौ,
मैले विश्वास दिन सकिन
मैले तिमीसंग नजिकिने दुस्सास गर्न पुगे!
तर पनि तिम्रो सम्झनाले पोलिरहन्छ,मुटु बोलिरहन्छ
मात्रै तिम्रो सम्झनामा ...
अन्जली के तिमीलाई पनि
मेरो आवाजमा रम्ने इच्छा पलाउला   !!!

                      ©प्रबिण भण्डारी







No comments:

Post a Comment