Tuesday, August 21, 2012

तिम्रो ओठको लाली मेरो निधारमा पर्दा,  झस्केको   याद आउछ
सिमसिमे पानीमा एउटै छातामुनी,तिमीलाई कस्केको याद आउछ

गयौ कहिले सुन्दरीजल,कहिले साँगा भन्ज्यांग भेट्न शिवजीलाई  
तिम्रो केसको केस्रा चलाउदा ,तिमि चस्केको याद आउछ

गर्थेउ बसको यात्रा,अति हुन्थ्यो सामीप्यता तिमीसंग हुदाखेरी
मदहोस् भै औला जुध्दाखेरि, तिमि मस्केको याद आउछ

पत्तै हुन्थेन गाको कयौँ घण्टा, तिम्रो साथ पाउदाखेरी   
छुट्ने बेला आखाबाट पिलपिल माया,पस्केको याद आउछ 

तिम्रो ओठको लाली मेरो निधारमा पर्दा, झस्केको   याद आउछ
सिमसिमे पानीमा एउटै छातामुनी,तिमीलाई कस्केको याद आउछ
                             ©प्रबिण भण्डारी

No comments:

Post a Comment