अधेरी रात सगै मौलाईरहेछ तिम्रो सपना,
सिंगारिएछ मेरो मुटु तिम्रो कन्चन
चेहेराको तस्बिरको खातहरूले,
जहाँ हुन्छु जता हुन्छु हरपल हरक्षण
तिम्रो त्यो कोकिल आवाजको तरंगले
प्रकासको गति जतिकै ठक्कर दिइरहेछ....
हे प्यारी तिमीलाई नि येस्तै हुन्छ कि ??
कोल्टे फर्कन्छु तिम्रो यादले फेरी
झस्काएर फेरी हराउछु
तिमीसंगै
बिताएका आतितका पलहरु सँगै
शरीरमा रक्तसंचार को गति बढिरहेको छ,
प्रत्येक थोपा रगतले तिम्रो तस्बिर बोकी
हरेक अंग अंगमा रन्थनिदै बहिरहेछ
तिमीलाई नै बोकी...
हे प्यारी तिमीलाई नि येस्तै हुन्छ कि ??
तिम्रो स्पर्शको यादले झस्काइरहेछ,
अनि समालिन खोज्छु फेरी हराउछु
तिम्रै संसारमा...
हे प्यारी तिमीलाई नि येस्तै हुन्छ कि ??
नयाँ इतिहास कोर्ने संघारमा छु
तिम्रै नाममा सुनौला अक्षरहरुले
हे प्यारी तिमीलाई नि येस्तै हुन्छ कि ??
प्रबिण भण्डारी
No comments:
Post a Comment