म जन्मेको ठाउँ,म हुर्केको ठाउ
मलाई कहाँ बिर्सन सक्छ र?
मेरा पाइला पर्दा येहा माटो
माटो बिच कानेखुसी भईराखेको छ
किनकि,
अजै म जन्मेको माटोमा
मेरो योगदान देखिएको छैन!
म हिड्दा येहाका ढुंगाहरु खुसीले उत्तेजित भै
उछिट्टिएर मलाई नि जिस्काइरहेका छन्
किनकि,
येहाको माटो चिनाउनुछ मलाई!
बालापनमा नाम्लोको डोरी हाली
खेलेका रुखहरु मलाई देखेर
खुसिले उत्मातिएका छन्
किनकि,
यी रुखहरु मेरो स्पर्शसंगै खडेरीमा
पनि पालुवा फेर्न चाहन्छन्!
मैले घाँस काटेका भिर पाखाहरु
सल्लाघारीको मधुर सुसेली संगै
बिरहाका भाका गुन्गुनाई रहेका छन्
किनकि ,
यी गीतहरुमा मेरो पृष्ठभूमि,
मेरो येथार्थता झल्काउनुछ!
झन् यी पहराहरु एक आपसमा
कुस्ती खेलिरहेका छन्
किनकि,
अझैँ मेरा लोकभाकाले बस्तीहरु घन्काउनु छ
मैले बाघचाल खेल्न ढुंगामा बनाएका रेखाहरु
अझै मेटिएका छैनन् यहा
किनकि,
मेरो बुद्दिको जीत यी ढुंगाहरु
येहिको माटोमा रोप्न चाहन्छन्
तेसैले मा र हामी हुन्छौ र पो हुन्छ
मेरो गाउँ,मेरो समाज अनि मेरो देश
तिमि हास्दा हास्छ यो बस्ति
तिमि रुँदा रुन्छ यो बस्ति
तिमि जे गर्दा पनि यो माटो
तिम्रै साथ हुन्छ भने
आउ गाउँ बनाऊ,समाज बनाऊ
र पो बन्छ यो देश!!!
--प्रबिण भण्डारी