Monday, June 9, 2014

डिग्री माइलो


मेरो नाम खुसी प्रसाद
जन्मस्थान-पर्बत
डिग्रीपास-फर्स्ट डिभिजन
पेसा-बेरोजगार
लौ अब सुन्नुहोस् मेरो कहानी !

एस.एल.सी उत्तिण संगै उघारिएको जिन्दगीको ढोका
डिग्री पास सम्म आउँदा कति ठाउँमा दुखका पोकाहरुले अठाए
त्यो आत्मैमा लुकाऊ,जिन्दगीको एक अंश मानेको छु तेस्लाई  पनि!

बिचरा मेरी बुढी आमाले कुख्रा बेच्दै,दुई चार ओटा खसी बेच्दै,
बाबाले मेरुदण्डका खाला जाने गरी भारी बोकेर
जुटाएको रुपैयाँ मेरो शिक्षामा लगानी गर्नु भयो,
शिक्षानै महाधन भन्ने बुझाईछ उहाँहरुमा,जय होस् !

डिग्री पास संगै ठुलो मेरो जागिर पत्र-पत्रिकामा जागिर खोज्ने भयो,
न कान्तिपुर बाकि हुन्थ्यो न अन्नपुर्ण सबै चाहारिन्थ्यो,
खुब बुझाइयो सी.भी र बायोडाटाहरु,
खुब धाइयो जागिर सेन्टरहरु,
कति ठाउँमा  त यस्तो पनि भोगियो,
जागिरको  फर्मको पैसा तिरिन्थ्यो खाजा पैसा कटाएरै
अर्को हप्ताको लागि निमन्त्रणा पाइन्थ्यो अन्तरबार्ताको लागि  ,
अन्तरबार्ताको लागि गइयो,जाँदा अफिसनै गायब ,जय मेरो देश!!

विछिप्त भएर साथीको सहारा खोज्न गए,
साथीले भन्यो धैत लाटा सोर्स,फोर्स नभइकन कहाँ पाइन्छ र जागिर??
बिचरा म सोझो न कुनै राजनैतिक व्यक्तित्व संग लिंक थ्यो,
न जागिर खोज्दिने मान्छे नै थिए,उसै मार्फत दुई चार नेताको आगन सम्म धाइयो,
आश्वासन खुब पाइयो,यति धोका खाइयो ,
कुरै नगरौ दुख र विरहका गित ढोका थुनेर मज्जाले  गाइयो !

अब त अतिभो भनेर आफै केहि ब्यबसाय गरौ भनि,
आमालाई दुई,चार लाख जुटाउनु भने,
आमालाई सबै कहानी सुनाए जागिर खोज्दाको,
आमाले बलिन्द्रधारा आँशु झार्नुभो,
पक्कै पनि मेरा बा आमाको  देखेको सपना अर्कै थियो,
बा,आमा साहुको घर  धाउनु भो बिचरा कसैले पताएनन् एक दुई लाख
यहाँ केहि गर्छ रे छोरोले भन्दा,
तर  पताएछन् छ सात लाख नै विदेश जाने सर्तमा

यस्मिन् देशे न सम्मानो न वृत्तिनँ च बान्धवा ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र कारयेत् ।।
- चाणक्य नीतिशास्त्र, १-८
अर्थात जुन देशमा आफ्नो सम्मान छैन, रोजगारी पनि छैन,
जहाँ कुनै बन्धुबान्धवका साथै अध्ययन गर्ने उपाय पनि छैन,
त्यहाँ बस्न उपयुक्त हुँदैन!

तेसैले, राहदानी बनाएको छु,
कोहि छ यहाँ एउटा राम्रो जागिर दिने मलाई,
राहदानी थन्काउन तयार छु !!
-प्रविण भण्डारी
थापाथाना-९ ,पर्बत
हाल कपन,काठमाडौं