Wednesday, April 10, 2013

"तिम्रो प्रेम"

तिम्रो,कुराईमा रिसले
पड्किनै थालेको त्यो मन
तिम्रो एकैछिनको उपस्थितिले
आगोमा पानी हाले जसरी एक्कासी सेलायो!
म लाजले फुतुक्क हुदै,
मिठो मुस्कान साथ्
शिर निउराउन बाध्य भए!!!
                           प्रविण भण्डारी