एकै नजरमा आखाँ जुधे
मग्नमुग्ध भयौं कर्के
नजरको छड्के हेराइमा,
झुकाएरै भएपनि ऊ खुसुक्क हेर्थी
म पनि के कम उस्तै थियो पारा
ऊ पनि बोल्न चाहन्थी म पनि उस्तै
खुट्टा चलबलाईरहेका थिए,
’ग्रीन सिग्नल’ दिएऊ दुबैले
बोल्दा हुन्छ भनेर,
बोल्दा हुन्छ भनेर,
न म बोल्न सकें न उनीनै
किनकि,आदत थिएन मेरो तेसरी बोल्ने,
१ घण्टा हामी यसरीनै नजर
जुधाएरै भएपनि रमायौं,
छुटिने बेला भएछ
उनी मधुर मुस्कान दिदै
आफ्नो बाटो तताइन्
म उनको मुस्कानमा
हराईरहे,हराईरहे......
©प्रबिण
भण्डारी
२०६९/०७/१४