चितामा अन्तिम दाग बत्ति
दिन राखेको लास जस्तै
आज मेरो देश,देश हाक्नेहरुले
जिउँदो
लास बनाइ रहेका छन्,
छट्पटाईरहेछ मेरो देश
आगोको ज्वालामा दन्किरहेछ
मेरो देश!
तड्पाउदैछन् मेरो देशलाई,
जलिरहेछ मेरो देश!
साथ दिने कोहि छ कि ???
कुर्सी र देशलाई स्वार्थको
बासना लिई चुसिरहेछन्
देश हाक्नेहरु,
घुसलाई जुस मानि चुसिरहेछन्
देश हाक्नेहरु, सत्ता
लिप्सामा
चुम्बक जस्तै टासिरहेछन्
देश हाक्नेहरु
यस्तो बर्बर पिडाको भारी
बोक्न नसक्दा
भक्कानिएछ मेरो देश
अश्रु धारा चुहाई रहेछ मेरो
देश
आशु पुछ्ने कोहि छ कि ??
लाखौं मुटुहरुको
रक्ताकेसिकाको
प्रतेक थोपाका कणकणमा
बहिरहने मेरो देश,
देश हाक्नेहरु एउटै मुठीमा
करेली हाली निमोठी रहेछन्
डुबाई रहेछन्
स्वार्थको आहालमा
पखालिरहेछन् स्वार्थका
तरंगहरु
हे देश भक्तहरु देश चुसाहाको
पन्जाबाट खोस्ने आँट छ कि ??
संसार जित्ने आँट बोकेका
हामी नेपाली,
देश डुब्नै आट्यो लौन
बचाइदेउ!
आऊ बस्ति बस्ति बाट उठ देश
लुट्ने माथि!
रोहिरहेको देश लाई साथ दिन
उठ !
यो देशको आशुँ पुछ्न उठ !
देश,चुसाहाको पन्जाबाट
खोस्न उठ!
देश लुछ्ने चिलहरु बाट
बचाउन उठ !
देश दुख्दा तिमीलाई दुख्छ
भने उठ!
यो देश को आशु पुछ्न उठ!
तब मात्र यो देशले पुछ्नेछ
तिम्रो आशुँ.....
तिम्रो हाँसोमा
हाँस्नेछ,तिम्रो पिडामा मलम लगाउने छ...
अनि बन्नेछ तिम्रो देश अनि तिमि!!!!!!
अनि बन्नेछ तिम्रो देश अनि तिमि!!!!!!
©प्रबिण भण्डारी
२०६९/०४/१६