Tuesday, August 21, 2012

मेरो प्रेम

भमराँले फूल चुसेजस्तै
प्रेमरस चुसी योवनमा
भुत्भुतिएर बिरक्त्यौने
यो हूलमा
प्रिय तिमि तेसै नडराउ
म हाम्रो प्रेमले इतिहास रच्दैछु!

चारैतिर सुन्छु चोखो माया
 प्राय असम्भव  हुन्छ रे
र तेस्तै पनि देखिएको छ
येहि असम्भावताको कहानी
मनभित्र बुन्दै हरपल छटपटाउछौ रे
प्रिय तिमि तेसै नहडबढाउ
हामी प्रेमको बाजी मार्ने अन्तिम  संघारमा छौ

तिम्रो मन भित्र जगडिएको बिछोड
शब्द पकाएर नबस प्रिय,
मिलन शब्दले बाटो खोजिरहेको छ
हिजो म तिम्रै थिए,आज पनि छु
र भोलि पनि संगै जिउने कसम छ

बस् तिमि त्यो दिन कुरी बस प्रिय
हाम्रो प्रेमले अबश्य बाजी मार्नेछ
र घन्किनेछ हाम्रो प्रेम कहानी..... 
प्रबिण भण्डारी
२०६८/११/१४ 

   

No comments:

Post a Comment