Tuesday, August 21, 2012

के यो माया हो ????


      
ऊ माया गर्छे मलाई ,म पनि गर्छु तेस्तै
म माया देखौउछु उसलाई तर ऊ देखाउदिन
र पनि गर्छे माया!

मेरो माया उसलाई नाटक लाग्छ,
किनकि म न लुकाएर माया गर्न सक्छु
न उनै देखाएर गर्न सक्छे!
तेसैले येहा दुइ मुटुको तालमेल अजै
मिल्न सकेको छैन माया गरिरहदा  पनि

ऊ व्यस्त छ,म फुर्सदिलो
न ऊ चाहेर पनि फुर्सदिलो हुन सक्छे
न मै व्यस्त

मलाई उसले कम माया गरेजस्तो लाग्छ
र ऊ पनि म बाट माया कम भएको
असन्तुस्टी  ब्यक्त गर्छे

यदि तराजु भए दुइटा मुटुको ढक बनाइ
जोखिदिन्थें कसको माया कति
बिडम्बना,न माया जोख्ने तराजु छ
न  हामी हामी नै तौलन सक्छौ
 तेसैले  मायाको अर्थ खोजिरहेछु
 भन्दै आखीर केहो यो माया ???



No comments:

Post a Comment