छोडदिन तिमीलाई सानु मेरै भर
परे हुन्छ
बिहेको के चिन्ता,आजै सानु मेरै घर सरे हुन्छ!
कति अश्रु धारा झार्छौ हरपल साथ दिदापनि
पुरै संसार बिर्स सानु, मेरै वरपर झरे हुन्छ!
नतर्स बिछोड देखि यो ज्यान् तिमीलाई सुम्पिसके
नयाँ जिवन सोच सानु, मेरै सपना भरे हुन्छ!
धोका पाउदा मुटु रेटिन्छ गर्दिन कहिले तेस्तो
नभए संगै जिउने इच्छा सानु, आत्महत्या गरे हुन्छ!
२०६८/०७/१७
प्रबिण भण्डारी
No comments:
Post a Comment