जब छुन्छु
उस्लाई मैले रिसाउदै पर सर्छे
झनै नजिक
हुन खोज्छु तेसै तेसै आखाँ तर्छे
लोलाएका
मेरा नयन उतैतिर बग्छन् सधै
माया गर्न
खोज्छु सधै बाघले झम्ट्या जस्तै गर्छे
म पनि के कम
ऊ भन्दा तेसै तेसै ठुस्स पर्छु
हिस्सी
पर्या काली मोरी एकै छिनमा माया भर्छे
देखाउ दिने
माया उस्ले तर गर्छे मुटुदेखी
भगवान
कसम् धोका दिए भने ऊ सिधै मर्छे
जब छुन्छु
उस्लाई मैले रिसाउदै पर सर्छे
झनै नजिक
हुन खोज्छु तेसै तेसै आखाँ तर्छे
प्रविण
भण्डारी
No comments:
Post a Comment