Tuesday, August 21, 2012

चोरिएको मुटु



एउटीले मुटु चोरी बलियोरी बान्दा बान्दै
मनको धागो लगिछाडी बेस्सरी तान्दातान्दै

मध्होसित नयनहरु सधै सधै जुध्न पुग्छन्
उसलाई देख्दा मेरा पिडा भित्र भित्रै तेसै लुग्छ्न्

हिस्सी पर्या अनुहार डिम्पल पर्ने उसका गाला
लाग्छ मलाई आजभोली लगाइदिउकि मनको ताला 

मुटुभरी बग्छे मोरी मेरो साथ एकछिन हुदाँ
आधी आए जस्तो हुन्छ उसले मलाई कतै छुँदा  

हास्न पाउँ उ हास्दा ,रुन पाउँ ऊ रुँदा
बिरानो लाग्छ मलाई एकै पल नी ऊ नहुँदा 
                                          ©प्रविण भण्डारी
  २०६८/१२/२०




No comments:

Post a Comment