Tuesday, August 21, 2012

क्रान्ति गरौ अब


क्रान्ति गरौ अब हामी सिमाना मिच्ने माथि
मौन् नभौ नेपाल आमाको मुटु थिच्ने माथि

कालापानी,सुस्ताहरु रोहेकाछन् साथ नपाएर 
हे राष्ट्रप्रेमी अघि बढ हाम्रो शिर किच्ने माथि 

बाच्न सक्नुपर्छ हामी आफ्नै साथ जुटाएर
जुटौ अब मुहार फेर्न  देश  पिस्ने  माथि

कयौ बने सहिदहरु नेपाल राष्ट्र  जोगाउन 
संघर्षमा उत्रौ अब  देश   खिच्ने   माथि

सार्बभौम,स्वाधीनता जोगाई राख्न  सधैभरी
उत्रौ अब बस्तीबस्ती बाट देश घिच्ने माथि

क्रान्ति गरौ अब हामी सिमाना मिच्ने माथि
मौन नभौ नेपाल आमाको मुटु थिच्ने माथि
               ©प्रबिण भण्डारी
                     २०६८/०८/०७


   


No comments:

Post a Comment