बनकालिको
ओल्लई छेउमा मलाई कुरी बस्नु काली
आहिलै किन निमोठिन्छौ तेही आएसी डस्नु काली
आमासंग भनेउ होला जान्छु दर्शन गर्न पशुपति
शिवजिलाई सम्झदै दुई हातको बरियोले कस्नु
काली
ढुक्क हुनु
केहि हुदैन आखिर प्रेमनै येही हो
मुटुभित्र माया हुन्छ उतैतिर खस्नु काली
पशुपतिको यात्रा सिद्राको ब्यापार भन्ने सहि
रैछ
पाप नलागोस हे भगवान् जानेबेला मन्दिर पस्नु काली
बनकालिको
ओल्लई छेउमा कुरी बस्नु काली !
आहिलै किन निमोठिन्छौ तेही आएसी डस्नु काली
शिवजिलाई सम्झदै दुई हातको बरियोले कस्नु काली
!!
©प्रबिण
भण्डारी
२०६८/०७/२२
No comments:
Post a Comment