Tuesday, December 11, 2012

आमा

माया र ममताको खानीले  भरिएकी आमा,

तिम्ले ९ महिना कोखमा बोकेर प्रसब पीडाको
दर्दनाक अवस्थाको बाबजुत पनि यस सुनौलो
धर्तिमा जन्म दिएको कहाँ बिर्सेको छु र!
आमा!कुरी बस चाडै तिम्रो गुन तिर्ने अन्तिम संघारमा छु!

सधैँ आफु दुख र चोटमा रुमल्लिएर पनि
पिडा भित्र भित्रै लुकाई खुसि र मायाको फोहोरा
पस्की रहेऊ पस्की रहेऊ!
आमा!तिम्ले जति माया दिन नसकेनी
तिम्रो आशुँ कहिलै झारेको छैन
र झार्ने  छैन,तिम्रो खुसि
खोजिरहनेछु! खोजिरहनेछु!

अस्ति  भर्खर एउटा समाचार सुने
आमालाई पाल्न नसकी जिउदै खोलामा
बगायो रे छोरोले
मलाई घ्रीणा लाग्छ ति नालायक कपुतहरु
जो आफ्नो आमालाई माया र ममता दिनु सट्टा
काल लाई बोलाएको हुन्छ,काल आउने संकेत नपाएपछी
आफैँ काल बन्न पुगेछ
थुक्क!!कपुत्र तेरो आत्मा ले बाटो नपाओस्!
तर आमा!म अन्तिम समय सम्म
तिमीलाई खुसी दिई रहनेछु !   

बृदाआश्रम मा जान्छु
ती निर्दोष आमाहरुको अनुहार पढ्छु
ती आमाहरुले बलिन्द्रधारा आशुँले आखाँ
भिजाउदै भन्छन्”बाबु तिमीले आफ्नो आमालाई
माया गरिरहनु है सधै भरि हाम्रो छोरा छोरीले हामीलाई नगरे पनि”
मुटु भक्कानिन्छ गह भरी आशुँ झार्दै प्रण गर्छु
यी सयौं आमाहरुलाई सधैँ भरी माया गर्न नसके नि
आमा! तिमीलाई सधै भरी यी आमाहरुले दिएको आशिस जस्तै
खुसीनै खुसीको पगरी गुताउनेछु!

आमा!कुरी बस चाडै तिम्रो गुन तिर्ने अन्तिम संघार मा छु!
आमा!तिम्रो आशुँ कहिलै झार्ने छैन,तिम्रो खुसि खोजिरहनेछु!
आमा!म अन्तिम समय सम्म तिमीलाई खुसी दिई रहनेछु!
तिम्रै साथ भइरहनेछु
तिम्रै खुसीको निम्ती!
मात्रै तिम्रै खुसी को निम्ती!!
©प्रबिण भण्डारी
२०६९/०७/२५ 




 

Thursday, November 29, 2012

दोषी नजर


एकै नजरमा आखाँ जुधे
मग्नमुग्ध भयौं कर्के
नजरको छड्के हेराइमा,  
झुकाएरै भएपनि ऊ खुसुक्क हेर्थी
म पनि के कम उस्तै थियो पारा
ऊ पनि बोल्न चाहन्थी म पनि उस्तै
खुट्टा चलबलाईरहेका थिए,
’ग्रीन सिग्नल’ दिएऊ दुबैले
बोल्दा हुन्छ भनेर
,
न म बोल्न सकें न उनीनै
किनकि,आदत थिएन मेरो तेसरी  बोल्ने,
१ घण्टा हामी यसरीनै नजर
जुधाएरै भएपनि रमायौं,  
छुटिने बेला भएछ
उनी मधुर मुस्कान दिदै
आफ्नो बाटो तताइन्
म उनको मुस्कानमा
हराईरहे,हराईरहे......
©प्रबिण भण्डारी
 २०६९/०७/१४


Thursday, November 22, 2012

"म र मेरो माटो"

म जन्मेको ठाउँ,म हुर्केको ठाउ
मलाई कहाँ बिर्सन सक्छ र?
मेरा पाइला पर्दा येहा माटो
माटो बिच कानेखुसी भईराखेको छ
किनकि,
अजै  म जन्मेको माटोमा
मेरो योगदान देखिएको छैन!

म हिड्दा येहाका ढुंगाहरु खुसीले उत्तेजित भै
उछिट्टिएर मलाई नि जिस्काइरहेका छन्
किनकि,
येहाको माटो चिनाउनुछ मलाई!

बालापनमा नाम्लोको डोरी हाली
खेलेका रुखहरु मलाई देखेर
खुसिले उत्मातिएका छन्
किनकि,
यी  रुखहरु मेरो स्पर्शसंगै खडेरीमा
पनि पालुवा फेर्न चाहन्छन्!
मैले घाँस काटेका भिर पाखाहरु
सल्लाघारीको मधुर सुसेली संगै
बिरहाका भाका गुन्गुनाई रहेका छन्
किनकि ,
यी गीतहरुमा मेरो पृष्ठभूमि,
मेरो येथार्थता झल्काउनुछ!
झन् यी पहराहरु एक आपसमा
कुस्ती खेलिरहेका छन्
किनकि,
अझैँ मेरा लोकभाकाले बस्तीहरु घन्काउनु छ
मैले बाघचाल खेल्न ढुंगामा बनाएका रेखाहरु    
अझै मेटिएका छैनन् यहा 
किनकि,
मेरो बुद्दिको जीत यी ढुंगाहरु
येहिको माटोमा रोप्न चाहन्छन्

तेसैले मा र हामी हुन्छौ र पो हुन्छ
मेरो गाउँ,मेरो समाज अनि मेरो देश

तिमि हास्दा हास्छ यो बस्ति
तिमि रुँदा रुन्छ यो बस्ति
तिमि जे गर्दा पनि यो माटो
तिम्रै साथ हुन्छ भने
आउ गाउँ बनाऊ,समाज बनाऊ
र पो बन्छ यो देश!!!
--प्रबिण भण्डारी 

Tuesday, November 20, 2012

ताते जनता!!


प्रचण्डजीको गालामा कुवंरजीले चस्मा फुट्नेगरी बजाएछन् 
जनताको चोको माया भन्दै पाचँ औंलाको दाम सजायछन्!

होस् गरहो कुलंगार नेता जनता अब जाग्दैछन्
अन्याय र अत्याचार लाई मार्न पछी लाग्दैछन्!

देश र जनता भन्दै आज कुर्चीको आडेश लाछौ 
जनताको बलिदान र पसिना मिठो मानि खाछौ! 

देशद्रोहिलाई अब जनता मरे पनि छोड्ने छैनन्
जारी रहन्छ यो कदम जबसम्म हाम्रो बाचा तोड्नेछैनन्!!
                                     ----प्रबिण भण्डारी

Tuesday, August 21, 2012

मेरो देश र देश द्रोही



चितामा अन्तिम दाग बत्ति
दिन राखेको लास जस्तै
आज मेरो देश,देश हाक्नेहरुले जिउँदो
लास बनाइ रहेका छन्,
छट्पटाईरहेछ मेरो देश
आगोको ज्वालामा दन्किरहेछ
मेरो देश!
तड्पाउदैछन् मेरो देशलाई,
जलिरहेछ मेरो देश!  

 साथ दिने कोहि छ कि ???

कुर्सी र देशलाई स्वार्थको
बासना लिई चुसिरहेछन्
देश हाक्नेहरु,
घुसलाई जुस मानि चुसिरहेछन्
देश हाक्नेहरु, सत्ता लिप्सामा
चुम्बक जस्तै टासिरहेछन् देश हाक्नेहरु
यस्तो बर्बर पिडाको भारी बोक्न नसक्दा
भक्कानिएछ मेरो देश
अश्रु धारा चुहाई रहेछ मेरो देश
      आशु पुछ्ने कोहि छ कि ??

लाखौं मुटुहरुको रक्ताकेसिकाको
प्रतेक थोपाका कणकणमा बहिरहने मेरो देश,
देश हाक्नेहरु एउटै मुठीमा
करेली हाली निमोठी रहेछन्
डुबाई  रहेछन्  स्वार्थको आहालमा
पखालिरहेछन् स्वार्थका तरंगहरु

   हे देश भक्तहरु देश चुसाहाको
  पन्जाबाट खोस्ने आँट छ कि ??


 संसार जित्ने आँट बोकेका हामी नेपाली,
देश डुब्नै आट्यो लौन बचाइदेउ!
आऊ बस्ति बस्ति बाट उठ देश लुट्ने माथि!
रोहिरहेको देश लाई साथ दिन उठ !
यो देशको आशुँ पुछ्न उठ !
देश,चुसाहाको पन्जाबाट खोस्न उठ!
देश लुछ्ने चिलहरु बाट बचाउन उठ ! 
देश दुख्दा तिमीलाई दुख्छ भने उठ!
यो देश को आशु पुछ्न उठ!
तब मात्र यो देशले पुछ्नेछ तिम्रो आशुँ.....
तिम्रो हाँसोमा हाँस्नेछ,तिम्रो पिडामा मलम लगाउने छ...
अनि बन्नेछ तिम्रो देश अनि तिमि!!!!!!

                   ©प्रबिण भण्डारी
                     २०६९/०४/१६


जब छुन्छु उस्लाई


जब छुन्छु उस्लाई मैले रिसाउदै पर सर्छे
झनै नजिक हुन खोज्छु तेसै तेसै आखाँ तर्छे

लोलाएका मेरा नयन उतैतिर बग्छन् सधै
माया गर्न खोज्छु सधै बाघले झम्ट्या जस्तै गर्छे

म पनि के कम ऊ भन्दा तेसै तेसै ठुस्स पर्छु    
हिस्सी पर्या काली मोरी एकै छिनमा माया भर्छे

देखाउ दिने माया उस्ले तर गर्छे मुटुदेखी 
भगवान कसम्  धोका दिए भने ऊ सिधै मर्छे

जब छुन्छु उस्लाई मैले रिसाउदै पर सर्छे
झनै नजिक हुन खोज्छु तेसै तेसै आखाँ तर्छे
प्रविण भण्डारी 

अन्जली

त्यो हिस्सी परेको अनुहारको
के बयान गरुअन्जली
हिमाल जस्तो चम्किलो त्यो मुहार
एकैचोटी देख्दा नि मुटुको
बेग समालिएको जस्तो आभास हुन्छ,...
अन्जलीके तिमीलाई पनि
मेरो मुटुको बेग थमाउने आट कि ?


झन तिम्रा ति मिर्गनयनी गाजलु
आखाँको के मा बयान गर्न सक्थे
एकपल पनि तिम्ले हेर्दा तिम्रो
आखाको प्रेमको बाणले हिर्काउदा लाजले
तिमीलाई हेर्न नसक्ने हुन्छु ....
अन्जलीके तिमीलाई पनि
मेरा नयनले हिर्काउन सक्लान् ?

तिम्रो त्यो बारुलि कम्मर भाच्दै हिड्ने
हिडाईमा पनि क्या जादु नै के
तिमीले टेकेका  पाइलाका डामहरु
मलाई प्यारो लाग्ने
अन्जलीके तिमीलाई नि प्यारो लाग्लान्
मेरो पाईला का डामहरु.......


यति हुदाँ पनि तिम्रो त्यो कोकिल आवाजको
तरङ्ग संग रमाउने इच्छा पुरा गर्न सकिनखै
तिम्ले विश्वास गरिनौ,
मैले विश्वास दिन सकिन
मैले तिमीसंग नजिकिने दुस्सास गर्न पुगे!
तर पनि तिम्रो सम्झनाले पोलिरहन्छ,मुटु बोलिरहन्छ
मात्रै तिम्रो सम्झनामा ...
अन्जली के तिमीलाई पनि
मेरो आवाजमा रम्ने इच्छा पलाउला   !!!

                      ©प्रबिण भण्डारी