पशुपति जान्छु
फरक-फरक
पृथक दृश्यहरु
एकै ठाउँमा
देख्छु,
कतै सङ्खको
आवाजसगैँ
आफन्तहरु लाशलाई
च्यापेर
वलिन्द्राधारा आशूँ
वर्षाइरहेका हुन्छन,
तेहि ठाउँमा
कतै नवजोडीहरू
अङ्गालोमा
वाँधिएका देखिन्छन्
दायाँवाँया कसैका
आँखा छैनन्
जसरी,
लाश सँगै
आँशु देख्दा,
यो
मन तिनै
दु:खीत
नयन जस्तै
भक्कानिन्छ,
साच्चैनै वरालिन्छ
अनि
वाध्य हुन्छ
जिन्दगीको
परिभाषा उतार्न,
एकै छिन
टोलाँउदै
दिमागमा कोरिन्छ
जिवनको अर्थ
"जिवन आखिर
मृत्यु हो
,मरिलानु के
नै छ र,
आमाको गर्ववाट
धर्तिमा पदार्पण
भएको नाङ्गो
शरीर
नाङ्गै जान्छ,
तर कर्मको
गरेको भए
कर्मको
अवशेष अवश्य
रहन्छ,जुन
कर्मले अमर
वनाउँछ
सधैँभरी भौतिक
शरीर नरहेनी",
अनि ति
जोडिहरूलाई नियाल्छु,
त्यसपछी तेर्सिन्छन्
अनगिन्ती प्रश्नका
खातहरू,
मनमनै सोच्छु,
के वुझ्छन्
होला जीवनलाई
यिनिहरू?,
सधै यसरीनै
रमाउँलान् त यिनिहरू?
विछोड शव्दलाई
चिन्छन् त यिनिहरू ?
यि मूत
लाशहरु वाट
के वुझ्नन्
होला यिनिहरू?
यस्तैयस्तै अनेकौ
प्रश्नहरु!
अन्तत: आफै
यि प्रश्नहरुको
सारँश उत्तर
निकाल्छु
उमेर हो
गर्नुपर्छ रमाईलो
तर सधै
रंगमन्चको रसमा
घुलिने हैन
सोचौँ अव
कर्म गर्न
प्रति
हामीमा संसार
वदल्ने क्षमता
छ त
आऊ उठ
जागौँ
हामी चेतनशील
नौजवान युवाहरु
मरेर लानु
केही छैन
हामीले केहि
सुकर्म गरे
हाम्रो कर्मको
अवशेष पक्कै
अमर
रहन्छ हामी
नरहेपनि
र मात्र
यो देशले साच्चैनै गर्व
गर्नेछ
तिमीमा,तिम्रो
कर्ममा
©प्रविण भण्डारी
No comments:
Post a Comment