Monday, June 9, 2014

डिग्री माइलो


मेरो नाम खुसी प्रसाद
जन्मस्थान-पर्बत
डिग्रीपास-फर्स्ट डिभिजन
पेसा-बेरोजगार
लौ अब सुन्नुहोस् मेरो कहानी !

एस.एल.सी उत्तिण संगै उघारिएको जिन्दगीको ढोका
डिग्री पास सम्म आउँदा कति ठाउँमा दुखका पोकाहरुले अठाए
त्यो आत्मैमा लुकाऊ,जिन्दगीको एक अंश मानेको छु तेस्लाई  पनि!

बिचरा मेरी बुढी आमाले कुख्रा बेच्दै,दुई चार ओटा खसी बेच्दै,
बाबाले मेरुदण्डका खाला जाने गरी भारी बोकेर
जुटाएको रुपैयाँ मेरो शिक्षामा लगानी गर्नु भयो,
शिक्षानै महाधन भन्ने बुझाईछ उहाँहरुमा,जय होस् !

डिग्री पास संगै ठुलो मेरो जागिर पत्र-पत्रिकामा जागिर खोज्ने भयो,
न कान्तिपुर बाकि हुन्थ्यो न अन्नपुर्ण सबै चाहारिन्थ्यो,
खुब बुझाइयो सी.भी र बायोडाटाहरु,
खुब धाइयो जागिर सेन्टरहरु,
कति ठाउँमा  त यस्तो पनि भोगियो,
जागिरको  फर्मको पैसा तिरिन्थ्यो खाजा पैसा कटाएरै
अर्को हप्ताको लागि निमन्त्रणा पाइन्थ्यो अन्तरबार्ताको लागि  ,
अन्तरबार्ताको लागि गइयो,जाँदा अफिसनै गायब ,जय मेरो देश!!

विछिप्त भएर साथीको सहारा खोज्न गए,
साथीले भन्यो धैत लाटा सोर्स,फोर्स नभइकन कहाँ पाइन्छ र जागिर??
बिचरा म सोझो न कुनै राजनैतिक व्यक्तित्व संग लिंक थ्यो,
न जागिर खोज्दिने मान्छे नै थिए,उसै मार्फत दुई चार नेताको आगन सम्म धाइयो,
आश्वासन खुब पाइयो,यति धोका खाइयो ,
कुरै नगरौ दुख र विरहका गित ढोका थुनेर मज्जाले  गाइयो !

अब त अतिभो भनेर आफै केहि ब्यबसाय गरौ भनि,
आमालाई दुई,चार लाख जुटाउनु भने,
आमालाई सबै कहानी सुनाए जागिर खोज्दाको,
आमाले बलिन्द्रधारा आँशु झार्नुभो,
पक्कै पनि मेरा बा आमाको  देखेको सपना अर्कै थियो,
बा,आमा साहुको घर  धाउनु भो बिचरा कसैले पताएनन् एक दुई लाख
यहाँ केहि गर्छ रे छोरोले भन्दा,
तर  पताएछन् छ सात लाख नै विदेश जाने सर्तमा

यस्मिन् देशे न सम्मानो न वृत्तिनँ च बान्धवा ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र कारयेत् ।।
- चाणक्य नीतिशास्त्र, १-८
अर्थात जुन देशमा आफ्नो सम्मान छैन, रोजगारी पनि छैन,
जहाँ कुनै बन्धुबान्धवका साथै अध्ययन गर्ने उपाय पनि छैन,
त्यहाँ बस्न उपयुक्त हुँदैन!

तेसैले, राहदानी बनाएको छु,
कोहि छ यहाँ एउटा राम्रो जागिर दिने मलाई,
राहदानी थन्काउन तयार छु !!
-प्रविण भण्डारी
थापाथाना-९ ,पर्बत
हाल कपन,काठमाडौं 



Monday, April 21, 2014

"मुक्तक "


चोट सहन गाह्रो भयो सराव पिउन थालेको छु
च्यातिएको मुटुलाई बलजबस्ती सिउन थालेको छु|| 

आफन्तकै साथ पाइन अड्किए प्रेम सागरमा 

पिडैपिडामा तैरिएर एक्लै जिउन थालेको छु ||


-प्रबिण भण्डारी

गजल

बाध्यताले   विदेसिए  आज यस्तो  हाल भयो
पानीबिना छट्पटिएको  माछिको  ताल  भयो

 सारा खुशी चक्नाचुर भए बिरक्तिएर बसेको छु
समयलाई  कटाउने  मेलो  तासको खाल  भयो  

आफुलाई  भन्दा बढी विश्वास  थियो उ  प्रति
जिउदोलास  बनेको छु  साथि मेरो  काल भयो

विश्वास  गर्नु  माया   दिनु गल्ति मेरो हो  ?
हैन  भने हे  भगवान  किन मलाई  जाल भयो 

आफु त गईनै मेरो पसिना पनि कुम्लाएर गईछे  
यो   दुखिको जिन्दगी  फेरी पनि  कंगाल  भयो
 ©प्रबिण भण्डारी



Friday, August 30, 2013

कलियुग(गाइजात्रे झटारो)

पल्ला घरे चमेलीले वाक-वाक गरिछ,
आफु सोझो मान्छे ग्यास्ट्रिकले होला भनि सोचे,
चुरो-फुरो अर्कै रैछ मोरीले पेट भरिछ!

यो टिभी,रेडियाँ बिज्ञापन बजेको सुनेकी रहेन्छ कि क्या हो,
गर्भ-निरोधक दबाई -कोन,आई-पिल्स अनि के के जाति,
शहरा मैयाहरुले गोजीमै हालेर हिड्छन रे हौ नाना भाती!!  


हे प्रभु !कस्तो समस्या रो  पल्ला घरे आइते दाईलाई,
बिहे नगर्दै छोरीले पेटा  नाति बोकेर ल्याई!

फालम इश्वरको बरदान पाप लाग्छ कि भन्ने डर,
नाफालम बच्चाको बाउको कोहो टुंगो छैन,
जति केर कार पारे नि जुवाई कोहो छोरीले भन्ने हैन!!

मत छक्क पर्छु के को हो यो कलियुग,
पैले-पैले लुकिछिपी प्रिम लाउथे,
यो या  लाउन बनपाखामा थाउथे!

अहिले छोराले साथी भन्दै फेरी फेरी केटि ल्याउछ,
हाम्लाई डिस्टर्ब नगर्नु है पढ्नु भन्छ,ढोका लाउछ!

मेरी २१- शताब्दिकी छोरी पनि के कम ,
मेरो बेस्ट फ्रेन भन्दै घरमै केटा बोलाउछे,
धेरै जान्ने भन्दा पढ्नमा मेरो साथी भन्छे
मेरो आखाँ झिमिक्क के पर्छन् उसकै काखमा टोलाऊछे

छोरो आज पार्टी साथीको घरमा भन्दै उतै बस्छ,
छोरी साथीको बर्थ-डे भन्दै जान्छे,
खै बर्थ-डे मा के के कुरा खान्छे !!

हे चेलीबेटीहरु अहिलेका केटाहरु खराब छन् है,
आकाशका तारा झार्छु सच्चा प्रिम भन्दै जोड्छन्,
तिमीहरुको सोझो दिमाग एकै छिनमा मोडछन्,
मोज गर्नु गर्छन्,जब समस्या तिमीलाई आइपर्छ चटक्क छोड्छन्


चेलीहरु जे-जे बेच्नु बेच
तर तिम्रो योवन कहिलै नबेच!!
जय-कलियुग!
©प्रविण भण्डारी
थापाठाना- पर्बत
हाल-कपन,काठमाण्डौ  
     

गजल

-प्रबिण भण्डारी
 
तिम्रो दिलको बगैचामा  फुल्ने मन मलाई
तिम्रै हात समाई संसार डुल्ने मन मलाई

तिम्रो मनको बन्दरगामा बास देऊ प्रिया
चोखो प्रीतको सागरमा घुल्ने मन मलाई

ध्यानै दिईन कति आए जिन्दगीको गोरेटोमा
तिमो मनको  मझेरीमा भुल्ने मन मलाई
 
खराब जमाना योवन चुसेर जान्छन् सबै
यो हुल्मा प्रेमको गित सुसेल्ने मन मलाई

खुट्टा तान्ने धेरैनै हुन्छन् हात दिएर हेर
मेरो कसम् तिम्रो माया बटुल्ने मन मलाई 



 


  

बुद्ध रिसाएपछि

प्रवीण भण्डारी
 
झरनाको छ्याङ्छ्याङ आवाज रोकियो
 
चट्याग्रिएको गगन स्तब्ध भयो
 
चल्न छाड्यो हावा
 
हल्लिन छाडे पात
पूर्णिमा पनि औँसीझैँ निष्पट्ट भयो
वनपाखा गुन्जाउने कोइलीको स्वर भासियो
 
जुर्मुराउन खोजे चिहानमा गाडिएका लासहरू
 
जब सुनाइयो बुद्धलाई उनकै घरमा रचिएको
एउटा युद्धको कथा