Friday, August 30, 2013

कलियुग(गाइजात्रे झटारो)

पल्ला घरे चमेलीले वाक-वाक गरिछ,
आफु सोझो मान्छे ग्यास्ट्रिकले होला भनि सोचे,
चुरो-फुरो अर्कै रैछ मोरीले पेट भरिछ!

यो टिभी,रेडियाँ बिज्ञापन बजेको सुनेकी रहेन्छ कि क्या हो,
गर्भ-निरोधक दबाई -कोन,आई-पिल्स अनि के के जाति,
शहरा मैयाहरुले गोजीमै हालेर हिड्छन रे हौ नाना भाती!!  


हे प्रभु !कस्तो समस्या रो  पल्ला घरे आइते दाईलाई,
बिहे नगर्दै छोरीले पेटा  नाति बोकेर ल्याई!

फालम इश्वरको बरदान पाप लाग्छ कि भन्ने डर,
नाफालम बच्चाको बाउको कोहो टुंगो छैन,
जति केर कार पारे नि जुवाई कोहो छोरीले भन्ने हैन!!

मत छक्क पर्छु के को हो यो कलियुग,
पैले-पैले लुकिछिपी प्रिम लाउथे,
यो या  लाउन बनपाखामा थाउथे!

अहिले छोराले साथी भन्दै फेरी फेरी केटि ल्याउछ,
हाम्लाई डिस्टर्ब नगर्नु है पढ्नु भन्छ,ढोका लाउछ!

मेरी २१- शताब्दिकी छोरी पनि के कम ,
मेरो बेस्ट फ्रेन भन्दै घरमै केटा बोलाउछे,
धेरै जान्ने भन्दा पढ्नमा मेरो साथी भन्छे
मेरो आखाँ झिमिक्क के पर्छन् उसकै काखमा टोलाऊछे

छोरो आज पार्टी साथीको घरमा भन्दै उतै बस्छ,
छोरी साथीको बर्थ-डे भन्दै जान्छे,
खै बर्थ-डे मा के के कुरा खान्छे !!

हे चेलीबेटीहरु अहिलेका केटाहरु खराब छन् है,
आकाशका तारा झार्छु सच्चा प्रिम भन्दै जोड्छन्,
तिमीहरुको सोझो दिमाग एकै छिनमा मोडछन्,
मोज गर्नु गर्छन्,जब समस्या तिमीलाई आइपर्छ चटक्क छोड्छन्


चेलीहरु जे-जे बेच्नु बेच
तर तिम्रो योवन कहिलै नबेच!!
जय-कलियुग!
©प्रविण भण्डारी
थापाठाना- पर्बत
हाल-कपन,काठमाण्डौ  
     

गजल

-प्रबिण भण्डारी
 
तिम्रो दिलको बगैचामा  फुल्ने मन मलाई
तिम्रै हात समाई संसार डुल्ने मन मलाई

तिम्रो मनको बन्दरगामा बास देऊ प्रिया
चोखो प्रीतको सागरमा घुल्ने मन मलाई

ध्यानै दिईन कति आए जिन्दगीको गोरेटोमा
तिमो मनको  मझेरीमा भुल्ने मन मलाई
 
खराब जमाना योवन चुसेर जान्छन् सबै
यो हुल्मा प्रेमको गित सुसेल्ने मन मलाई

खुट्टा तान्ने धेरैनै हुन्छन् हात दिएर हेर
मेरो कसम् तिम्रो माया बटुल्ने मन मलाई 



 


  

बुद्ध रिसाएपछि

प्रवीण भण्डारी
 
झरनाको छ्याङ्छ्याङ आवाज रोकियो
 
चट्याग्रिएको गगन स्तब्ध भयो
 
चल्न छाड्यो हावा
 
हल्लिन छाडे पात
पूर्णिमा पनि औँसीझैँ निष्पट्ट भयो
वनपाखा गुन्जाउने कोइलीको स्वर भासियो
 
जुर्मुराउन खोजे चिहानमा गाडिएका लासहरू
 
जब सुनाइयो बुद्धलाई उनकै घरमा रचिएको
एउटा युद्धको कथा

प्रेम रोग


धेरै पछी आफैलाई एउटा अनभूति भो,
भयानक रोग बाट ग्रसित छु
मन'को X-ray गर्न पुगे,
नतिजा मनका हाँगा भाचिएछन्,
मनोबैज्ञानिक डा.साप भन्नु हुन्छ,
प्रेम रस जस्तो ठुलो रोग बाट ग्रसित छौ तिमि,
उपचार सम्भब ,
त्यो उपाय प्रेम रस त्याग्नु नै हो,
अब कुरो तिम्रो,
सधै प्रेम रोगको सिकार बन्दै
जिन्दगी धरापमा पारी अन्धकार बनाउने कि,
जिन्दगी उज्ज्वल बनाउने,
सबै जिम्मा तिम्रो अब!!!
©
प्रविण भण्डारी


Thursday, August 8, 2013

अधुरो प्रेम!!

म जिस्कनथें,
तिमी मुस्कुराउथेउ,
तिमी जिस्किन्थेउ,
म मुस्कुराउथें ,
म,
तिम्रो मुस्कान पाईराख्न
जिस्किरहनन्थे-जिस्किरहनन्थे!!
जति सुकै रिसले पाकेको बेला पनि
तिम्रो त्यो एक सुमधुर मुस्कान को बाणले ,
अनि त्यो एकबोलीले रिसलाई कता ऊडाउथ्यो- ऊडाउथ्यो!
अझ भनौ तेही मुस्कान र जिस्कावटमा रम्ने बानी परेको थियो,
हामी कोही नजिस्किदा झन् रिस उठ्थ्यो!

आज एक्कासी म जिस्कन्दा,
तिमीले भनेऊ”मलाई नजिस्काऊनु,
मलाई स्पर्श नगर्नुहोस्”
तेही मुस्कान,
तेही जिस्कावट अनि ,
तेही स्पर्शमा रमाउने तिमीबाट
यस्तो शब्द सुन्दा मन
चस्स पोलेको छ, मन जलेको छ,
हुनत बेलाबेला म बाट टाढिने
 आवाश त नदिएकी हैनौ,
ति सब कुराको वास्ता गरिन,
आज मुटु चस्केको छ,
तिमीबाट यो मन झस्केको छ!!
र,
प्रण गर्दैछु तिमी सित नजिस्कने!
टाढा त हुन्छु भन्दिन म,
तर त्यती नजिकने प्रयास भने गर्ने छैन,
आशा छ,
कुनै दिन तेही मेरो मुस्कान ,
तेही जिस्कने बानी,
अनि तेही स्पर्शको अभाब खड्किने छ
र बुज्नेछौ मेरो माया,अनि मेरो प्रेम|||
©प्रविण भण्डारी

Wednesday, June 19, 2013

"मुक्तक"


फुल जस्तो मेरो काखमा बसेको याद आयो रे उनलाई 
दुइ हातको बरियोले कसेको याद आयो रे उनलाई!!

बिबस्था र बाध्यताले टाढा भाको गुनासो पोखेर रोइन् 
यी ओठले ति ओठलाई डसेको याद आयो रे उनलाई!!
©प्रविण भण्डारी
____________________________________
यो शृङ्गारिक मुक्तक जवानीका आखिल झ्याल हरुलाई
समर्पित!अन्यथा नसोचीदिनु होला !!

Friday, June 7, 2013

"मुक्तक"


तिमीलाई भेट्न भनि के के गरिन म
झ्यालबाट हामफाल्दा धन्न मरिन म

मध्यरातमा धाउथे भेट्न तिम्रो घरैमा
तिमो आमाको जालमा धन्न परिन म

©प्रविण भण्डारी
थापाठाना-९ खनार
हाल काठमाण्डौ
 —
 feeling amused.

Thursday, June 6, 2013

"गीत"

आजभोली तिम्रो तस्बिर हेर्दै टोलाउन थालेछु म
सपनीमा प्रिय प्रिय भन्दै बोलाउन थालेछु म

कस्सिएछ मायाको डोरी युगौ युग नफुस्कने गरि 
यसरीनै माया पाई राखूँ जिन्दगीनै भरि
आयौ तिमी मेरो जिन्दगीमा सुगन्ध फुल पनि
सारा दुख पिडा तार्छेउ तिमी मनको पुल बनि

जब देख्छु तिमीलाई भित्र भित्रै दङ्ग पर्छु
मुटु भरि तिम्रै प्रितनै प्रितको रंगैरंग भर्छु
तिमीलाई यसै गरी सधैसधै माया दिन पाउँ
हरपल हरक्षण जताततै तिम्रै गीत गाउँ

आजभोली तिम्रो तस्बिर हेर्दै टोलाउन् थालेछु म
सपनीमा प्रिय प्रिय भन्दै बोलाउछु थालेछु म

प्रविण भण्डारी
थापाठाना-९ पर्बत
हाल काठमाण्डौ

Wednesday, June 5, 2013

"मुक्तक"

अन्जानमा आज मैले उनको आशुँ झार्न पुगे 
जडा गाडिनै लाग्या प्रेमको रुख थोरै सार्न पुगे   

सोचिन मैले त्यसरी चित्त दुखाउछिन भनि
माफ देउ प्रिय भनि मुस्कुराउदै टार्न पुगे
--प्रविण भण्डारी 


Sunday, June 2, 2013

"मुक्तक"

अन्जानमा आज मैले उनको आशुँ झार्न पुगे
जडा गाडिनै लाग्या प्रेमको रुख थोरै सार्न पुगे   

सोचिन मैले त्यसरी चित्त दुखाउछिन भनि
माफ देउ प्रिय भनि मुस्कुराउदै टार्न पुगे
--प्रविण भण्डारी