धेरै पछी आफैलाई एउटा अनभूति भो,
म भयानक रोग बाट ग्रसित छु
र मन'को X-ray गर्न पुगे,
नतिजा मनका हाँगा भाचिएछन्,
र मनोबैज्ञानिक डा.साप भन्नु हुन्छ,
प्रेम रस जस्तो ठुलो रोग बाट ग्रसित छौ तिमि,
उपचार सम्भब छ,
त्यो उपाय प्रेम रस त्याग्नु नै हो,
अब कुरो तिम्रो,
सधै प्रेम रोगको सिकार बन्दै
जिन्दगी धरापमा पारी अन्धकार बनाउने कि,
जिन्दगी उज्ज्वल बनाउने,
सबै जिम्मा तिम्रो अब!!!
©प्रविण भण्डारी
No comments:
Post a Comment